श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलले आईओएस १६ सार्वजनिक गरेलगत्तै यसमा थुप्रै समस्या देखिएका छन् । आईओएस १६ सार्वजनिक भएपछि प्रयोगकर्ताले सबैभन्दा पहिले नयाँ एप डाउनलोड नहुने समस्या पत्ता लगाएका थिए । त्यसपछि आईफोनमा फोटो कपी पेस्टको फिचरमा बग देखिएको थियो ।

त्यस्तै पछिल्लो समय प्रयोगकर्ताले ब्याट्री क्षमता तीव्र रूपमा घटेको गुनासो गरेका छन् । आईओएस १६ सार्वजनिक भएको करिब दुई हप्तापछि प्रयोगकर्ताले ब्याट्री चाँडो खपत भएको गुनासो गरेका छन् ।

आईओएस १६ मा ब्याट्री लाइफ

आईफोनमा आईओएस १६ अपडेट गरिसकेपछि ब्याट्री पहिलेको तुलनामा चाँडो खपत हुन थाल्छ । यो किन भएको हो भने फोनमा नयाँ आईओएस इन्स्टल गर्दा त्यसले ब्याकग्राउन्डमा अन्य एप, फाइल, फोटो तथा सिस्टम अपडेट गर्न थाल्छ । यसले गर्दा सुरुवातमा ब्याट्री चाँडो खपत हुने गरेको एप्पलको भनाइ छ ।

नयाँ आईओएस आएपछि ब्याट्री चाँडो खपत हुने गुनासो नौलो होइन । पछिल्लो पटक आईओऐस १५ उपलब्ध हुँदा पनि प्रयोगकर्ताले ब्याट्री चाँडो खपत हुने गरेको गुनासो गरेका थिए । त्यसमा अपडेट हुनुपर्ने हरेक कुरा अपडेट भएपछि ब्याट्री तुलनात्मक हिसाबले बढी टिकाउ हुन्छ ।

यसो त आईओएस १६ सार्वजनिक भएको दुई साताभन्दा बढी भइसकेको छ । प्रयोगकर्ताले अहिले पनि ब्याट्री चाँडो खपत हुने समस्या आएको गुनासो गरिरहेका छन् । आईफोन प्रयोगकर्ताले रेडइट, टिकटक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालका एपमा आईओएस १६ को ब्याट्री सम्बन्धी थुप्रै गुनासो गरिरहेका छन् ।

यसो त एप्पलले नयाँ आईफोन बिक्री गर्नका लागि अपडेटमा कुनै न कुनै समस्या ल्याउने षड्यन्त्र सिद्धान्तहरू नभएका होइनन् । एप्पल सम्बन्धी समाचार प्रकाशन गर्ने सञ्चार माध्यम नाइनटुफाइभम्याकले आयोजना गरको पब्लिक भोटिङमा ६३ प्रतिशत आईफोन प्रयोगकर्ताले नयाँ अपडेट इन्स्टल गरिसकेपछि समस्या आएको उल्लेख गरेका छन् ।

एप्पलले भने हालसम्म यससम्बन्धी कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीले आईओएस १६.०.२ काे बेटा संस्करण बिना कुनै पूर्व जानकारी सार्वजनिक गरेको छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार