श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विदेशमा बस्नेले कसरी खोल्ने अनलाइन डलर खाता ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले गैरआवासीय र विदेशमा रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न दिने सुविधा दिएसँगै बैंकहरूले आफ्नो सुविधामा पनि परिमार्जन गर्न थालेका छन् ।

अधिकांश बैंकहरूले अहिले अनलाइन खाता खोल्न मिल्ने व्यवस्था लागू गरेका छन् । प्रविधिको उपयोग र सेवाग्राही अनि सेवाप्रदायक दुवैलाई सहज हुने गरी बैंकहरूले अनलाइनबाट नै बैंक खाता खोल्न मिल्ने व्यवस्था गरेका छन् ।

अनलाइन बैंकिङ सेवा उपलब्ध बैंकको वेबसाइटमा गई ‘अनलाइन अकाउन्ट ओपनिङ’ भन्ने अप्सनमा गएर आवश्यक कागजातहरू पेश गरेर अकाउन्ट खोल्न मिल्ने सुविधा छ ।

खाता खोल्नको लागि अनलाइन आवेदन दिइसकेपछि उल्लेखित विवरण प्रमाणिकरण गरेर बैंकको नियम अनुसारको निश्चित समयमा खातावालाको खाता नम्बर र अन्य विवरण बैंकले पठाउँछन् । यसरी सो खाता नम्बरमा आफूले रकम जम्मा गर्न सकिन्छ ।

बैंकहरूमा अहिले पनि यसरी अनलाइनबाट खोलिएको खातामा रकम जम्मा गर्न मिले पनि झिक्न वा अन्य कारोबार गर्न भने सम्बन्धित खातावाला बैंकमा गएर केवाईसी भेरिफाइ गर्नुपर्ने नियम छ ।

‘हाल अनलाइनबाट खाता खोले पनि कारोबारको लागि भने बैंकमा नै आएर केवाईसी प्रमाणित गराउनुपर्ने नियम छ । यसलाई थप सहज बनाउन भिडिओ केवाईसी प्रचलनमा आएको छ । हामी पनि छिट्टै यो प्रकृयामा जादैंछौं ,’ नेपाल बैंकर्स संघका पुर्वाध्यक्ष भुवन दाहालले बताए ।

हालै एनएमबी र नबिल बैंकले भने भिडिओबाट केवाईसी प्रमाणिकरण गर्न मिल्ने व्यवस्था सुरु गरेका छन् ।

हुन त यो सबै सेवाग्राहीको लागि लागू भएको नियम हो । बिदेशमा बस्नेहरूको लागि यो सुविधाले अनलाइन बैंकिङ कारोबारलाई थप सहज बनाएको छ ।

गैर आवासीय नेपालीले न्युनतम ५ हजार डलर रकम राखी डलर खाता खोल्न पाउने व्यवस्था हालै लागू गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार