असार २७, २०८२ शुक्रबार July 11, 2025

रुसी सैनिकलाई खेर्सनको महत्वपूर्ण क्षेत्रबाट पछि धकेल्न सफल युक्रेनी सेना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसको कब्जामा रहेको रणनीतिक रुपमा महत्वपूर्ण दक्षिण युक्रेनको खेर्सन क्षेत्रमा युक्रेनी सेनाले प्रगति हाँसिल गरेका छन् ।

खेर्सनको उत्तर पूर्वी क्षेत्रमा रहेको निपर नदीमा रुसी सेनाको तैनाथीलाई युक्रेनी सैनिकले चिरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी सैनिकलाई पछि हटाउँदै युक्रेनी सेना सो क्षेत्रबाट अघि बढेको जनाइएको छ ।

युक्रेनी सेनाको अग्रता सम्बन्धी जानकारी रुसी सैनिक र रुसले सो क्षेत्रमा पदस्थापन गरेका अधिकारीले गरेका हुन् । रुसी सैनिकले ती क्षेत्रमा ठूलो मात्रामा रक्षात्मक गोलाबारी गरिरहेको उनीहरुको भनाइ छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विभिन्न क्षेत्रमा नयाँ स्वतन्त्र क्षेत्रहरु रहेको बताएका छन् । पूर्वी क्षेत्रमा युक्रेनी सैनिकले रुसी सेनालाई लुहान्स्क क्षेत्रमा धकेलेका छन् । विभिन्न क्षेत्रमा भीषण युद्ध जारी रहेको राष्ट्रपति जेलेन्स्कीले बताएको बिबिसीले उल्लेख छ । यसअघि गएको शनिबार युक्रेनी सैनिकले महत्वपूर्ण शहर लिमन नियन्त्रणमा लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया