काठमाण्डौः इन्डोनेसियाको एक स्टेडियममा भागदौड मच्चिदा भएको दुर्घटनामा परी कम्तिमा ३२ जना बालबालिकाको मृत्यु भएको पुष्टी भएको छ । बीबीसीले सरकारी अधिकारीहरुलाई उदृत गर्दै उक्त घटनामा ३२ जना बालबालिकाको मृत्यु भएको पुष्टी गरेको हो ।
कान्जुरुहान स्टेडियममा भएको घटनामा कम्तिमा १ सय २५ जनाको मृत्यु तथा ३ सय २० जना भन्दा बढी मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
खेल समाप्त भएपछि समर्थकहरु मैदान प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीहरुले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको थियो ।यसैबीच, सरकारी अधिकारीहरुले १८ जनामाथि छानविन सुरु गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया