असार ३०, २०८२ सोमबार July 14, 2025

प्रतिस्पर्धा स्वस्थ नभए लोकतान्त्रिक राजनीति हुँदैन : अध्यक्ष ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मङ्गलवार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताएका छन् ।

उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

ओलीले शुभकामना मन्तव्यका क्रममा दसैँको सांस्कृतिक, सामाजिक र पौराणिक महत्त्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा नभएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया