असार ३०, २०८२ सोमबार July 14, 2025

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको आज पनि बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ ।

केही क्षेत्रमा दोहोरो दाबी भएकाले सहमति जुटाउन जटिल भइरहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन । उनले रातोपाटीसँग भने, ‘कुरा कतै छिमलिएका छैनन् । पहिलेकै जस्तो छ । संघ र प्रदेश दुबैमा छलफल चलिरहेका छ । धेरै कुरा व्यवस्थापन पनि भएका छन् । केही जिल्लाका केही ठाउँमा मिलाउन बाँकी छ ।’

राष्ट्रिय पार्टी बन्नका लागि सबै क्षेत्रमा आफ्नो उपस्थिति हुनुपर्ने जसपाको माग छ । जसपाले गठबन्धन भन्दा बाहिर पनि तालमेलको विकल्प खोज्ने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया