श्रावण १, २०८२ बिहिबार July 17, 2025

बार्सिलोना इन्टर मिलानसंग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः च्याम्पियन्स लिगअन्तर्गत समूह सी को खेलमा बार्सिलोना इन्टर मिलानसँग १-० ले पराजित भएको छ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हकान चाल्हनोलुको निर्णायक गोलमा इन्टरले जित निकाल्यो ।

खेलमा बार्सिलोनाले गरेको एक गोलले मान्यता पाएन । यस्तै,  इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अपिल गरे पनि भिएआरले त्यसलाई अस्विकृत गरेको थियो ।

६६औं मिनेटमा पेड्रीको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । तर, भिएआरमा अंशु फातीको ह्यान्ड भएको भन्दै सो गोललाई मान्यता दिइएन ।

इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । इन्टरका डेन्जल डम्फायर्सले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै बार्सिलोनाले पेनाल्टीको अपिल गरेको थियो । तर, भिएआरले त्यसलाई पनि अस्विकृत गरेको थियो ।

समूह ‘सी’ मा इन्टर ६ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको बायर्न म्युनिख भन्दा तीन अंक कम हो । बार्सिलोना भने तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । भिक्टोरिया प्लिजेनले भने खाता खोल्न सकेको छैन ।

बार्यनले समूह सी मा अपराजित यात्रा कायम राख्ने क्रममा प्लिजेनमाथि ५-० को जित निकाल्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया