श्रावण १, २०८२ बिहिबार July 17, 2025

च्याम्पियन्स लिग – लिभरपुलले रेन्जर्सलाई २-० ले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले च्याम्पियन्स लिगमा मंगलबार रेन्जर्सलाई २-० ले हराएको छ ।

समूह ए अन्तर्गतको खेलमा लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड र मोहम्मह सलाहले समान एक गोल गरे ।

खेलको सातौं मिनेटमा एलेक्जेन्डर अर्नोल्डको फ्रिकिक गोलमा लिभरपुलले अग्रता लिएको थियो । ५३औं मिनेटमा सलाहले पेनाल्टीको सदुपयोग गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

समूह ‘ए’ मा लिभरपुल तीन खेलमा दुई जित र एक हारपछि ६ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली भन्दा तीन अंक कम हो । लिभरपुल समूहको पहिलो खेलमा नेपोलीसँग ४-१ ले पराजित भएको थियो । तेस्रो स्थानको आयाक्सको तीन अंक छ भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन ।

यता, नेपोलीले आयाक्समाथि ६-१ को फराकिलो जित निकाल्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया