असार ३२, २०८२ बुधबार July 16, 2025

सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिराहामा जनता समाजवादी पार्टी (जसपा)  नेपालको केन्द्रिय सदस्यसहितका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरुले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक  राजिनामा दिएका हुन् ।

जसपा  प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरकाले सामूहिक राजिनामा दिएको  जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साहले  बताए । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु  बाध्य भएर राजिनामा गर्नुपरेको उनले बताए ।

जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुख व्यक्त गरे ।पार्टीले मुख्य एजेन्डा छोडेपछि  आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले  बताए।

सामूहिक राजिनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए । सिंहलाई मङ्सिर ४ गतेहुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया