असार ३०, २०८२ सोमबार July 14, 2025

कोइराला पक्षको भेला सुरु, शिर्ष नेता अझै पुगेनन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्ने देखी अलग भेलाहरु गर्दै आएका छन् । तर, पुर्व निर्धारित समयमा सुरु भएको भेलामा अझैसम्म कोइराला समुहका शिर्ष नेताहरु भने आईपुगेका छैनन । दोस्रो तहका नेताहरुले बैठक सञ्चालन गरिरहेका छन ।

समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै विरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो । संस्थापन पक्षका अनुसार कोइराला समुहका ३० प्रतिशत भन्दा बढीलाई समानुपातिक सुचीमा समावेश गरेको दावी गर्दैै आएका छन तर कोइराला पक्षले भने समानुपातिकमा मनोमानी गर्ने समुहले प्रत्यक्षतर्फ सिटमा पनि एकलौटी गर्न सक्ने भन्दै निरन्तर खबरदारी कार्यक्रम गरिरहने जनाउँदै आएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार