काठमाण्डौः इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
गार्डहरूले कारागारलाई नियन्त्रणमा लिन कैदीहरूले बन्दुक र चक्कु प्रहार गरेको राष्ट्रिय कारागार एजेन्सी स्नाईले जनाएको छ । उक्त स्थान राजधानी क्विटोबाट ८० किलोमिटर दक्षिणमा छ ।
इक्वेडरका जेलमा लागुऔषध गिरोहहरू बीच घातक झडपहरू भएका छन् । इएफई समाचार एजेन्सीका अनुसार २०२० यता ती झडपहरूमा ४०० भन्दा बढीको मृत्यु भइसकेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया