काठमाडौंः मेक्सिकोमा नगरका मेयरसहित कम्तीमा १७ जनाको गोली हानी हत्या भएको छ । बुधबार दिउँसो पश्चिम क्षेत्रमा पर्ने सान मिगल तातोलापनको टाउन हलमा बन्दुकधारीहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरर उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।
अनलाइनहरुमा भवनको भित्तामा गोलीले बनाएको प्वालहरुको तस्बिर सार्वजनिक भएका छन् । मेयर कोन्रादो मोन्दोज अल्मेडाको वामपन्थी दल पीआरडीले हत्यालाई कायरतापूर्ण कार्य भन्दै भर्त्सना गरेको छ र न्यायको माग गरेको छ ।
सो आक्रमण द लस टेक्विलेरोस आपराधिक समूहले गराएको बताइएको छ । सो समूह लागूऔषधको व्यापार गर्ने शक्तिशाली समूहसँग सम्बन्ध भएको प्रहरीले जनाएको छ । सो आक्रमणमा प्रहरी अधिकारी तथा नगरपालिका कर्मचारी पनि मारिएका छन् ।
सामाजिक सञ्जालमा रगतले लतपतिएका शवहरु भुइँमा यत्रतत्र रहेको तस्बिरहरु आएका छन् । सो समूहले टाउन हलमा आक्रमण गर्नुअघि मेयर मेन्डोजाका पिता हुँवा मेन्डोजा अकोस्टाको पनि उनकै निवासमा हत्या भएको छ । हुँवा मेन्डोजा पूर्वमेयर हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया