काठमाण्डौः नेपाली कांग्रेस संसदीय बोर्डले सभापति शेरबहादुर देउवासहितका केही नेताको उमेदवारी टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा राति बसेको संसदीय बोर्डको बैठकले सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट उमेदवार बनाउने निर्णय गरेको छ भने दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाममा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरुङ, तेह्रथुममा सीता गुरुङको उमेदवारी टुंगो लगाएको छ ।
त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा ललितजंग शाही, तेह्रथुम (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ (ख) मा खगेन सिंह हाङवाङलगायतका नेतालाई टिकट दिने निर्णय गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया