श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मेटाकै कर्मचारीले प्रयोग गर्दैन मेटाभर्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भर्चुअल संसार नै अबको भविष्य हो भन्दै मार्क जुकरवर्गले आफ्नो मेटाभर्सको प्रोजेक्टका लागि धेरै लगानी गरेका छन् । उनले आफ्नो कम्पनीको नाम पनि फेसबुकबाट रिब्रान्ड गरेर मेटा राखेका थिए । तर कम्पनीकै कर्मचारी कम्पनीको फ्ल्यागशिप एप ‘मेटाभर्स’ प्रयोग गर्दैनन् ।

कम्पनीले भर्चुअल रियालिटी सामाजिक सञ्जाल होराइजन वर्ल्डको रुपमा मेटाभर्स सार्वजनिक गरेका थिए । तर यो एपको गुणस्तर र यसमा बग धेरै भएका कारण नै मेटाका कर्मचारीहरू नै यो एपको प्रयोग गर्दैनन् । कम्पनीका भाइस प्रेसिडेन्ट विशाल शाहले पनि अन्य प्रयोगकर्ताको लागि होराइजन उपलब्ध गराउनु भन्दा अगाडी यसको गुणस्तर अझै बढाउनु पर्ने कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका थिए ।

होराइजन वर्ल्डमा प्रयोगकर्ताहरूले आफ्नो छुट्टै भर्चुअल संसार बनाएर विभिन्न भेटघाट, छलफल, अन्तरक्रिया लगायतका कामहरू गर्न सक्छन् । कम्पनीले यो उत्पादन गतवर्षको डिसेम्बरमा मात्र सार्वजनिक गरेका थिए । यो वर्षको सुरुवातमा नै यसको प्रयोगकर्ताको संख्या ३००,००० पुगेको पनि कम्पनीको दाबी थियो ।

यद्यपि पछिल्लो समयमा मेटाभर्सको राम्रो प्रतिक्रिया भने आइरहेको छैन । प्रयोगकर्ताहरूले यसको गुणस्तर र फिचरलाई लिएर धेरै गुनासो गर्ने गरेका छन् । कुनै एनिमेटेड गेमको भन्दा पनि नराम्रो ग्राफिक्स रहेको पनि उल्लेख गरिएको छ । यसले गर्दा पनि कम्पनीकै कर्मचारीले पनि यो सुविधा प्रयोग नगरेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार