काठमाण्डौः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।
निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका उनलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ । महन्थ ठाकुर नेतृत्वको लोसपा पाँच दलीय सत्ता गठबन्धनमा मिसिंदा उपेन्द्र यादव नेतृत्वको जसपाले एमालेसँग तालमेल गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया