काठमाण्डौंः क्रिमियाली पुलमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको रूसी अनुसन्धान समितिले जनाएको छ । बिस्फोटपछि क्रिमियाली पुलको रेल र सडक दुवै भागमा यातायात स्थगित गरिएको छ । बिस्फोटका कारण केर्च स्ट्रेटमा यात्रा गर्ने क्रममा मालवाहक रेलमा आगो लागेको थियो ।
“तमान प्रायद्वीपबाट आउँदै गरेको एउटा विस्फोटक पदार्थ राखिएको ट्रकमा आइतबार बिहान ६ः०७ बजे क्रिमियाली पुलको सडक भागमा विस्फोट भएको थियो । बिस्फोटका कारण क्रिमियाली प्रायद्वीपतर्फ जाँदै गरेको रेलको इन्धनको सातवटा ट्याङ्कीमा आगो लागेको थियो । “बिष्फोटका कारण पुलको दुई भाग आंशिक रूपमा भत्किएको छ,” रूसको राष्ट्रिय आतंकवाद विरोधी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको कारण पत्ता लगाउन र यसको परिणामलाई छिटो सम्बोधन गर्न सरकारी अधिकारीको नेतृत्वमा अनुसन्धान समिति गठन गर्न आदेश दिएका छन् ।
रसियाको फेडरल एजेन्सी फर सी एण्ड इनल्याण्ड वाटर ट्रान्सपोर्टका अनुसार केर्च स्ट्रेटपार गर्ने नेभिगेसन मार्गमा कुनै अवरोध आएको छैन । -एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया