असार २८, २०८२ शनिबार July 12, 2025

दक्षिण कोरियाद्वारा दुई वटा ब्यालिष्टिक मिसाइल प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उत्तर कोरियाले दुई वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी नेतृत्वको सैन्य अभ्यासलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला उत्तरले दुई वटा व्यालिष्टिक मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाको दक्षिणपूर्वी क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाको सेनाको जोइन्ट चिफ अफ स्टाफले जनाएको छ । यो दुई साताको अवधिमा सातौँ परीक्षण हो । परीक्षणबारे थप जानकारी भने दिइएको छैन् ।

‘हाम्रो निगरानी र सतर्कतालाई सुदृढ गर्दै गर्दा हाम्रो सेनाले अमेरिकासँग नजिकको सहयोगमा पूर्ण तत्परता कायम राखेको छ’, जोइन्ट चिफ अफ स्टाफले विज्ञप्तिमा भनेको छ । जापानका रक्षामन्त्री तोसिरो इनोलाई उद्धृत गर्दै रोयटर्सको रिपोर्टअनुसार दुवै मिसाइल १०० किलोमिटरको उचाइमा पुगेका थिए ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार