श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेपाल चाइनिज ताइपेईसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ । भियतनाममा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग ४–२ गोलअन्तरले पराजित भएको हो ।

यस हारसँगै नेपाल जितविहीन बनेको छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० गोलअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोलअन्तरले पराजित भएको थियो । यस खेलसँगै नेपाल र चाइनिज ताइपेई प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

जितसँगै चाइनिज ताइपेईको यो पहिलो जित भएको छ । समूह ‘एफ’ मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा रह्यो भने चाइनिज ताइपेई तीन अङ्क जोडेर तेस्रो स्थानमा रह्यो । भियतनाम छ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । थाइल्याण्ड छ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया