असार २७, २०८२ शुक्रबार July 11, 2025

नाइजेरियामा डुङ्गा दुर्घटना : कम्तीमा ७६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए ।

राष्ट्रपति मुहम्मदु बुहारीले उक्त दुःखद दुर्घटनाका पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले देशको जल यातायात प्रणालीमा सुरक्षा उपायहरूको समीक्षा गर्न पनि आदेश दिएका छन् ।

बुहारीले सरकारी निकायलाई डुंगाहरूमा सुरक्षा प्रोटोकलहरू जाँच गर्न र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न आह्वान गरे ।

स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगा पल्टनुअघि ओग्बाकुबाको न्क्वो बजारतर्फ बढिरहेको थियो । डुंगाको इन्जिन फेल भएको थियो र पल्टिनु अघि एउटा पुलमा ठोक्किएको बताइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया