श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अफ हुँदा पनि यसरी ट्र्याक हुन्छ तपाईँको आईफोन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डामस्टाडका अनुसन्धानकर्ताले आईफोन अफ हुँदा पनि ट्र्याक हुनसक्ने कुरा पत्ता लगाएका छन् । आईफोन अफ हुँदा पनि त्यसमा भएका वायरलेस चिपहरूले काम गर्ने साे खाेजले निष्कर्ष निकालेकाे छ ।

आईफोन अफ भएको २४ घण्टासम्म पनि उक्त फोनमा भएका विभिन्न फिचर सक्रिय हुने भएकाले ट्र्याक गर्न सम्भव हुने खोजकर्ताको भनाइ छ । यसो त तपाईँ आईफोन प्रयोगकर्ता हो भने यो तपाईँका लागि उपयुक्त हुनसक्छ ।

यदि तपाईँको फोन हरायो वा चोरी भयो भने अफ भएकै अवस्थामा पनि ट्र्याक गरेर आफ्नो फोन फेला पार्न सक्नुहुन्छ । यद्यपि केही ह्याकरले यसको फाइदा उठाएर प्रयोगकर्ताको आईफोन अफ हुँदा पनि त्यसलाई ट्र्याक गरेर एक्सेस पाउन सक्छन् ।

अफलाइन ह्याकिङको जोखिममा को को हुन सक्छन् ?

यो कमजोरी औसत प्रयोगकर्ताका लागि भने चिन्ताको विषय होइन । यो कमजोरी जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताका लागि जोखिमको विषय बन्नसक्छ । जेल ब्रेकिङ त्यस्तो प्रक्रिया हो, जसमा उक्त डिभाइसको त्रुटिलाई दुरूपयाेग गर्ने काम गरिन्छ ।

यसमा निर्माताले त्यस डिभाइसका लागि उपलब्ध गराएका बाहेक अन्य सफ्टवेयर इन्स्टल गरेर प्रयोग गर्ने गरिन्छ । सामान्य अर्थमा यसरी बुझ्नुहोस् कि, जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताले अपरेटिङ सिस्टम र त्यसका सबै फिचरमा एक्सेस पाउनसक्छन् ।

जेल ब्रोकन डिभाइसमा पहिले नै विभिन्न त्रुटि हुने भएकाले यस्ता डिभाइस बढी जोखिममा हुने गर्छन् ।

के आईफोन अफ हुँदा पनि ट्र्याक हुने कमजोरीबाट तपाईँ डराउनुपर्छ ?

तत्काललाई यसबाट सुरक्षा कमजोरीबाट नडराउन खोजकर्ताले सुझाव दिएका छन् । तपाईँसँग जेल ब्रोकन डिभाइस छ भने चाँहि केही सतर्कता अपनाउनुपर्ने हुन्छ ।

यो फिचर पहिले नै डिभाइस हराएको वा चोरी भएको अवस्थामा ट्र्याक गर्न सकियोस् भनेर समावेश गरेको देखिन्छ । यद्यपि यो एक सुरक्षा कमजोरी नै भएकाले आईओएसको पछिल्लो अपडेट इन्स्टल गर्नुहोस् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार