असार २७, २०८२ शुक्रबार July 11, 2025

पुटिन मिसाइलसँग वार्ता गर्ने अतिवादी हुनः युक्रेनी विदेशमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेबाले युक्रेनभरि रुसी मिसाइल आक्रमणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘मिसाइलसँग छलफल गर्ने अतिवादी’ भन्ने देखाएको बताएका छन् । ‘रुसी क्षेप्यास्त्रहरूद्वारा युक्रेनभर हमला ।

पुटिनको एक मात्र कार्यनीति शान्तिपूर्ण युक्रेनी शहरहरूमा आतंक हो, तर उनले युक्रेनलाई तोड्ने छैनन् । यो पुटिनसँग  शान्तिको बारेमा कुरा गर्न चाहने सबै शान्तिकामीलाई  उनको जवाफ होः पुटिन एक आतंकवादी हुन जसले मिसाइलसँग वार्ता गर्छन्’  कुलेबाले ट्वीटरमा लेखेका छन् ।

रुसले सोमबार राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला गरेको थियो । रुसी सनोले कम्तीमा  ७५ वटा मिसाइल प्रहार गरेको युक्रेनले दाबी गरेको छ । केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया