असार २७, २०८२ शुक्रबार July 11, 2025

क्रिमिया पुलमा विस्फोट गराएको विरोधमा युक्रेनी सहरमा हमलाः पुटिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनका विभिन्न सहरहरूमा भएका वृहत हमला रुस र क्रिमियालाई जोड्ने महत्वपूर्ण पुलमाथि युक्रेनले गरेको आक्रमणको बदलामा भएको बताएका छन् ।

रणनीतिक रुपमा महत्वपूर्ण उक्त पुलमा युक्रेनले विस्फोट गराएको पुटिनले आरोप लगाएका छन् । उक्त ‘आतंककारी आक्रमण’ विरुद्ध युक्रेनमा थप हमला गर्ने पनि उनले चेतावनी दिएका छन् । रुसले बिलय गराएको क्रिमिया जोड्ने उक्त पुल दक्षिण युक्रेनमा हतियार आपूर्तिका लागि महत्वपूर्ण मार्ग मानिएको छ ।

रुसले सोमबार युक्रेनको राजधानी किभसहित मुख्य सहरमा भिषण हमला गरेको थियो । सहरका विभिन्न स्थानमा रुसी सेनाले गरेको क्षेप्यास्त्र प्रहारमा केहीको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको जनाइएको छ ।

केही महिनाको अन्तरपछि रुसी सेनाले राजधानी किभमा हमला गरेको हो । यसैबीच बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले  आफ्ना सेनाहरूलाई युक्रेन नजिकै रुसी सेनासँग तैनाथ गर्न आदेश दिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया