असार ३०, २०८२ सोमबार July 14, 2025

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुखदेखि मन्त्रीसम्मले पाएनन् टिकट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र अधिकांश मन्त्री टिकटविहीन बनेका छन् । २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ख बाट विजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट यसपटक टिकटविहीन बने । उनको ठाउँमा यसपटक माओवादी केन्द्रबाट उनकै स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।

बझाङको प्रदेश सभा क बाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका सभामुख बनेका अर्जुनबहादुर थापा यसपटक टिकटविहीन बनेका छन् । एमालेबाट चुनाव लडेका सभामुख थापाले जितेको स्थानमा यसपटक एमालेले छविलाल ओखेडालाई टिकट दिएकाे छ ।

प्रदेशकी उपसभाुमख निर्मला बडाल जोशी पनि यसपटक टिकटविहीन बनेकी छन् । उनी २०७४ को निर्वाचमा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी थिइन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री बनेका कृष्णराज सुवेदी पनि यसपटक उम्मेदवार बनेनन् । २०७४ को निर्वाचनमा कैलाली ४ को प्रदेश निर्वाचन क्षेत्र ख बाट उनी निर्वाचित भएका थिए । अहिले सो क्षेत्रबाट एमालेका हरिसिंह साउद उम्मेदवार बनेका छन् ।

बाजुराबाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रकाश शाह पनि यसपटक टिकटविहीन बनेका छन् । उनको स्थानमा बाजुराबाट लालबहादुर थापा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । उनले बाजुराको प्रदेश निर्वाचन क्षेत्र ख बाट चुनाव जितेका थिए ।

माओबादीको समानुपातिक कोटाबाट सांसद बनेकी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी विनीता चौधरी यसपटक माओवादीको समानुपातिक सूचीमा समेत अटाउन सकेकी छैनन् ।

सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी माया भट्ट पनि उम्मेदवार बनेकी छैनन् । उनलाई एमालेले बैतडीबाट समानुपातिक सांसद बनाएको थिए । अहिले उनी एकीकृत समाजवादी पार्टीमा आबद्ध छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले पनि यसपटक टिकट पाएकी छैनन् । उनी २०७४ मा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य बनेकी थिइन् । हाल उनी एकीकृत समाजवादी पार्टीमा आबद्ध छिन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री बनेका टेकबहादुर रैका पनि टिकटविहीन बनेका छन् । उनी २०७४ मा कांग्रेसको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेका थिए ।

प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी पनि य पटक टिकटविहीन बनेकी छन् । एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी चुनकुमारी चौधरी हाल एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् ।

सुदूरपशिचम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरा पनि यसपटक टिकटविहीन छन् । उनी एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी थिइन् ।

समाुनपातिक कोटाबाटै प्रदेश सभा सदस्य बनेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी अर्चना गहतराजले पनि टिकट पाएकी छैनन् । त्यसैगरी सामाजिक विकास राज्यमन्त्री बनेकी मनाकुमारी साउद पनि टिकटविहीन छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधारमन्त्री बनेकी सुशीला बुडाथोकी र आर्थिक मामिला तथा योजना राज्य मन्त्री बनेका बदलेव सोडारीले पनि टिकट पाएका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार