काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपाले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयमा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएकाले बुधवार १ बजेसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गरिने राप्रपाले जनाएको छ । बागी उम्मेदवारी फिर्ता गर्नका लागि प्रयास गर्न पार्टीका सम्बन्धित जिल्ला र निकायलाई राप्रपाले अनुरोध पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया