श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अनुमति नलिई ड्रोन उडाउनेलाई कारबाही गर्दै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब कुनै पनि ड्रोन उडाउन सरकारबाट अनुमति लिनुपर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले अनुमति नलिई ड्रोन उडाउने व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिएकाे छ ।

अत्यावश्यक कामका लागि दुई केजीभन्दा कम तौलका ड्रोन उडाउनका लागि प्रयोगकर्ताले जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै दुई केजीभन्दा माथि तौल भएका ड्रोन उडाउन प्रयोगकर्ताले गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“मानवरहित हवाई उपकरण (Remotely Piloted Aircraft (RPA) Known as ‘Drone’) उडान कार्यविधि २०७५” मा ड्रोन उडाउन विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । यदि उल्लेखित कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारबाही हुने भएको हुँदा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय विभिन्न व्यक्ति तथा निकायले अनुमति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको जानकारी आएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसो नगर्न सचेत गराएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार