काठमाडौंः नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन् ।
महासचिव डा भुसालले विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने बताएका छन् । निर्धारित समयसीमाभित्र उम्मेदवारी फिर्ता गरी साङ्गठनिक अनुशासनमा दृढ रहन समेत उनले आग्रह गरे ।
निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय तोकेको छ । यसअघि पार्टीले गठबन्धनका साझा उम्मेदवारलाई देशभरबाट विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया