असार २८, २०८२ शनिबार July 12, 2025

खेरसन क्षेत्रका पाँचवटा बस्ती युक्रेनी सेनाको कब्जामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : युक्रेनी सेनाले दक्षिणी खेरसन क्षेत्रमा पाँचवटा बस्ती पुनः कब्जा गरेको दक्षिणी अपरेशनल कमाण्डका प्रवक्ताले बताएका छन् ।

दक्षिणी कमाण्डका प्रवक्ता भ्लादिस्लाभ नाजारोभका अनुसार बेरिस्लाभ जिल्लाको नोभोवासिलिभका, नोभोरीहोरिभका, नोभा कामियान्का, ट्राइफोनिभका र चेर्भोन गाउँ मङ्गलबार पुनः कब्जामा लिइएको हो । ती बस्ती भर्खरै रूसद्वारा गाभिएका चार क्षेत्र मध्येको एउटा हो ।

यसैबीच, रूसको आन्तरिक सुरक्षा निकायले बुधबार रूसलाई क्रिमियासँग जोड्ने मुख्य पुलमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा आठ जनालाई गिरफ्तार गरेको बताएको छ भने दक्षिणी युक्रेनी शहर जापोरिझियाका एक अधिकारीले रूसी सेनाले त्यहाँ थप आक्रमण गरेको बताएका छन् ।

रूसी संक्षिप्त नाम एफएसबीद्वारा चिनिने सङ्घीय सुरक्षा सेवाले शनिबारको आक्रमणमा पाँच जना रूसी र युक्रेनी तथा आर्मेनियाका तीन नागरिकलाई गिरफ्तार गरेको बताएको छ ।

आक्रमणबाट रूस र क्रिमियाली प्रायद्वीपबीचको केर्च पुलमा क्षति भएको थियो । विस्फोटक पदार्थले भरिएको ट्रक पुल पार गर्ने क्रममा विष्फोट हुँदा चार जनाको ज्यान गएको थियो । रासस-एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार