काठमाण्डौः नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनीपछि २२ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
प्रतिनिधि सभातर्फ ४ जना र प्रदेशसभातर्फ १८ जनाले उम्मेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । केन्द्रबाटै उम्मेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै रहेको छ ।
यता गठबन्धनका शीर्ष नेताहरूले बागी उम्मेदवारी फिर्ता लिनेहरूलाई धन्यवाद समेत दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया