कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेप्सेमा झिनो अङ्कको सुधार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अङ्कले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव १४ मा पुगेको छ ।  कुल दुई सय २२ कम्पनीको २६ लाख ९८ हजार तीन सय ४७ कित्ता शेयर रु ८२ करोड ९६ लाख ४६ हजार नौ सय २० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । अरू सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ८८ अर्ब ६६ करोड ९० लाख ९४ हजार सात सय ८९ बराबर कायम भएको छ ।

कारोबारका आधारमा नबिल बैङ्क शीर्षस्थानमा छ । सो बैङ्कको रु तीन करोड ४० लाख ३५ हजार दुई सय बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड २७ लाख २६ हजार एक सय ६५, शिवम् सिमेन्ट रु दुई करोड ९१ लाख १७ हजार एक सय नौ, रिडीपावर कम्पनी रु दुई करोड ८३ लाख ६६ हजार आठ सय ६३ र हिमालयन डिस्टिलरी रु दुई करोड ८२ लाख ३६ हजार तीन सय छ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् परियोजना आठ दशमलव १४, सामुदायिक लघुवित्त पाँच दशमलव १६, शिवम् सिमेन्ट तीन दशमलव १७ र सबैको लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६३ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सिटिजन म्युचुअल फण्ड दोस्रो चार दशमलव ४५, एभरेष्ट बैङ्क तीन दशमलव ८३, नेपाल इन्भेस्टमेन्ट बैङ्कको ऋणपत्र तीन दशमलव ४७, ग्लोबल आइएमई समुन्नत कोष पहिलो तीन दशमलव ४६ र गणपति लघुवित्तका लगानीकर्ताले तीन दशमलव १९ प्रतिशतले गुमाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार