असार ३०, २०८२ सोमबार July 14, 2025

प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेका छन्ः मन्त्री चौधरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी शर्मा ओलीले साँठगाँठ गरेको बताएका छन् ।

पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्धारा विहिबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘आज हामी विशेष परिस्थितिमा छौँ । सबै दल एक ठाउँमा आएका छौँ । नेपालको संबैधानिक सर्वाेच्चता, कानुनी राज्य, समावेशी लोकतन्त्र, गणतन्त्रलाई संस्थागत गर्न फेरि पनि एक हुनुपरेको छ । २००७ सालदेखि हामी पटक पटक एक ठाउँमा आएका छौँ । मिलेरै राष्ट्रिय चुनौतिहरुको सामना गरेका छौँ । आज फेरि प्रतिगामीहरुसँग केपी ओलीले साँठगाँठ गरेर संविधानले सुनिश्चित गरेका नयाँ उपलब्धिहरु समाप्त पार्न खोजिरहेका छन् ।’

देउखुरीका नेता परशुनारायण चौधरी, खुम बहादुर खड्का दुवैले कसैलाई पनि काखा पाखा नगरि काम गरेको स्मरण उनले गरे ।

‘समस्या राख्ने जोसुकैको काम गरिदिने उहाँहरुको अत्यन्त राम्रो बानी थियो । उहाँहरुले यो क्षेत्रलाई मात्र होइन सिंगो नेपाली कांग्रेसलाई यो स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । विकास, निर्माण र रोजगारीका क्षेत्रमा उहाँहरुको योगदान भुल्न सकिदैन,’ मन्त्री चौधरीले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री इन्द्रजीत थारु, माओवादी जिल्ला इन्चार्ज निर्मल गौतम, क्षेत्र नम्बर १ (ख)का उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डे, एकीकृत समाजवादीका नेता रामप्रसाद गैरे लगायत गठबन्धनका नेताहरुले मन्तव्य राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार