असार ३०, २०८२ सोमबार July 14, 2025

दलहरू रुष्टलाई फकाउँदै हैरान : नतिजा उल्टिने चिन्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चुनाव नजिकिदै गर्दा सत्तारुढ गठबन्धनबाट रुष्ट भएकाहरूको मन चोर्न प्रमुख प्रतिपक्ष एमालेका उम्मेदवारहरू न्वारन देखिको बल लगाइरहेका छन् । कर्णालीका सबै ठाउँमा उम्मेदवारी दिएको एमालेले टिकट नपाएर रुष्ट भएकादेखि नेकपा एसका नेता कार्यकर्तालाई आफ्नो पक्षमा भोट दिन लविङ तीव्र बनाएकाे छ ।

नेकपा एसका नेता तथा कार्यक्रतालाई एमालेमा प्रवेश गराउनेदेखि रुष्टलाई हातमा लिएर चुनाव आफ्नो पक्षमा पर्ने दाउ एमालेकाे छ । उता, सत्ता गठबन्धनका दलहरू टिकट नपाएका, बागी बनेकालाई फकाउन मै समय खर्चिरहेका छन् । नतिजा आफ्नो पक्षमा पार्न गठबन्धन सम्वद्ध दलहरू आफ्नाे पराजयले प्रदेश तर संघीय सरकार निर्माणमा समेत अंक गणितीय हिसाब नमिल्दा समस्या हुने भन्दै चनाखो भएर लागेका छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार थोरै मात्र सिट दलहरूको भागमा परेकाले सबैको चित्त बुझाउन नसकिएको माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । प्रदेश इन्चार्ज मल्ल प्रत्यक्षतर्फ चुनावमा सहभागी नभएका नेतामध्ये पर्छन् । माओवादी कै प्रदेश अध्यक्ष विमला केसीले पनि यस पटक चुनावमा भाग लिएकी छैनन् ।

कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही आफैमा प्रदेशसभाका लागि जुम्ला-१ (क)का उम्मेदवार हुन् । उनी मुख्यमन्त्रीका दावेदार पनि हुन् । कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुनममन्त्री मन्त्री तथा  एवं माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले टिकट पाउनेमा आशावादी भए पनि अन्तिममा गोमा कुँवरलाई टिकट दिएपछि उनले टिकट पाएनन् । टिकट नपाएपछि उनले लेखेकी छिन्, ‘इमान्दारिता, सक्षमता, लोकप्रियता र बौद्धिकताको बधशाला माओवादी केन्द्र नहोस् । गुटगत तराजुको अन्यायपूर्ण जोखाइबाट पीडित हुँदै आएको कर्णाली यस पटक पनि अछुतो रहेन ।’

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला-१ (क) बाट प्रदेशसभाका उम्मेदवार बनेका छन् । उनी पनि मुख्यमन्त्री कै लाइनमा रहेक व्यक्ति हुन् । सभापति शाहीको बागीमा कांग्रेसकै देवेन्द्रबहादुर शाहीले उम्मेदवारी दिँदा सभापति शाहीको टाउको  दुखेको छ । एमालेबाट धिरेन्द्रराज गिरी उम्मेदवार बनेका छन् । यो क्षेत्रमा नेकपा एसको उम्मेदवार छैनन् ।

गठबन्धनकै साझा उम्मेदवार गोमा कुँवरविरुद्धमा माओवादीकै डा. कलबहादुर रोकायले बागी उम्मेदवारी दिएका छन् । कुँवरलाई नेकपा एस, कांग्रेसले सघाए जित निश्चित रहे पनि बागीका कारण उनी समस्यामा परेकी छिन् । पूर्वमन्त्री समेत रहेकी कुँवर कर्णाली कै गठबन्धनकी एक मात्र महिला उम्मेदवार हुन् ।

कालीकोटबाट कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभामा उम्मेदवार बन्ने योजनामा रहे पनि त्यहाँ माओवादीको भागमा पर्दा उनी उम्मेदवार बन्न पाएनन् । कांग्रेस इतर पक्षधर नेता शाही यसअघि ०७० र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए । सो क्षेत्रमा ०७० सालमा भुपेन्द्रजंग शाहीसँगै प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।

दैलेख निर्वाचन-२ बाट प्रतिनिधिसभाका लागि पहिलो पटक उम्मेदवार बन्न सिफारिस भएका विष्णु रिजालको अन्तिममा टिकट प्राप्त गर्न सकेनन् । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख समेत रहेका रिजाल राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने व्यक्ति हुन् । उनीसहित सोही क्षेत्रबाट टिकट नपाउनेमा कर्णालीका सभामुख राजबहादुर शाही पनि छन् ।

०७४ सालमा  दैलेख-२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शाही यो पटक प्रतिनिधिसभामा जाने तयारीमा थिए । एमालेभित्र पाँच जनाको रस्साकस्सीबीच संविधानसभा सदस्य लक्ष्मीप्रसाद पोखरेलले टिकट पाए । पोखरेल ०७० सालमा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सिफारिस भएका पाँच जनामध्ये एमाले प्रदेश अध्यक्ष विनोद शाह भने प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।

कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दिपेन्द्र रोकाय पनि पहिलोपटक हुम्लाबाट चुनावमा भाग लिने तयारीमा थिए । तर टिकट पाएनन् । माओवादी केन्द्र हुम्लाका संयोजकसमेत रहेका रोकाय माओवादी केन्द्रभित्र बौद्धिक नेताको रुपमा चिनिन्छन् । माओवादी केन्द्रले कार्चेन लामालाई उम्मेदवार बनाएको छ । लामा समुदायमा आफ्नो प्रभाव बढाउन कोर्चेनलाई माओवादीले अघि सारेको छ । उनी प्रदेश सरकारमा ६ महिना मन्त्रीसमेत बनेका थिए ।

सत्ताका लागि मरिहत्ते गर्ने डोल्पाका नन्दसिंह बुढा पनि टिकट नपाउने सूचीमा छन् । ०७४ मा एमालेबाट प्रदेशसभा जितेका उनी सत्ताको लागि ‘फ्लोर क्रस’ गर्नेदेखि दल अदल–बदल गर्ने व्यक्तिमा रुपमा परिचित छन् । नेकपा विभाजनपछि समाजवादीमा लागेका उनी डोल्पा जिल्लाका अध्यक्षसमेत थिए । डोल्पामा समाजवादीका धनबहादुर बुढाले प्रतिनिधिसभाको टिकट नछाड्ने भएपछि नन्दसिंहले पार्टी त्यागेका हुन् । १३ असोजमा एमाले महासचिव शंकर पोखरेलको हातबाट टीका, माला लगाएर टिकट पाउने सपना सहित एमाले प्रवेश गरेका उनले एमालेबाट टिकट भने नपाउदा सामाजिक सञ्जालमा पीडा पोखिरहेका छन् ।

कर्णाली प्रदेशका पुर्वमन्त्री खड्कबहादुर खत्री सुर्खेत-१ (ख) बाट एमालेबाट प्रदेशसभा सदस्यका लागि सिफारिसमा परे पनि टिकट पाउन सकेनन् । डण्डी शर्मालाई पार्टीले टिकट दिएपछि खत्री निरास भएका छन् । टिकट नपाएको आवेगमा खत्रीले शर्माविरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर, पछि फिर्ता लिए ।

माओवादी केन्द्रबाट दैलेख-२ (ख) बाट प्रदेशसभाका लागि एकल सिफारिस भए पनि चुनाव लड्न नपाउनेमा उपेन्द्रकुमार रावत (सुशील) पनि छन् । टिकट पाएर पनि अन्तिममा आएर उनको टिकट खोसेर एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिव रहेका योगेन्द्र शाही माओवादीमा प्रवेश गरेपछि उक्त  टिकट शाहीलाई थमाएको छ ।

जाजरकोटमा गठबन्धनविरुद्ध नेकपा एसका जिल्ला अध्यक्ष कमान खड्काले उम्मेदारी दिएका छन् । जाजरकोटमा नेकपा एसकाे आधिकारीक उम्मेदवार थिएनन् । नेकपा एसका जिल्ला सचिवसहित ३४ जना शुक्रबार मात्रै एमालेमा प्रवेश गरिसकेका छन् । गठबन्धनभित्रका रुष्ट टिमको सहयोग लिन सके कर्णालीम स्थानीय तहको नतिजामा तेस्रो भएको एमालेले स्थान उकास्न सक्ने सम्भावना छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार