असार ३०, २०८२ सोमबार July 14, 2025

निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर : सिटौला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद-मन्त्री बनाउन नभई जनताका लागि आएको बताएका छन् ।

झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताए । निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ ।

“यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन”, झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, “मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनोट गर्नुपर्छ ।”

उनले लोकतन्त्रको लडाइँ जारी रहेको उल्लेख गर्दै सङ्घीय गणतन्त्र सुदृढ बनाउने अभियानमा आफू लागिपरेको बताए । “जन जीविकालाई सहज बनाउने अभियान चलाइरहेको छु”, उनले भने, “स्थानीय र केन्द्रीय आवश्यकताअनुसार मेरो भूमिका हुन्छ ।”

जनतालाई खुसी, समृद्धि लगायतका शब्दले नपुग्ने बताउँदै उनले जनतालाई वास्तविक खुसी र समृद्धि दिनुपर्नेमा जोड दिए । गठबन्धन निर्वाचनका लागि मात्र नभएको चर्चा गर्दै नेता सिटौलाले राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि भएको उल्लेख गरे ।

गत स्थानीय तह निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न भए जसरी नै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन सरकारले सम्पन्न गर्ने उनले विश्वास व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार