श्रावण ६, २०८२ मंगलबार July 22, 2025

खल्ती एपबाट बसको टिकट काट्दा दुई जनालाई स्मार्टफोन जित्ने मौका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चाडपर्वको अवसरमा खल्तिले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ ।

खल्तीमार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्ता मध्ये दुई भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो अफर असोज २७ देखि कार्तिक २६ सम्म लागु हुनेछ।

यस अघि पनि  भदौ १९ देखि असोज १८ गतेसम्म दशैंको समयमा खल्ती मार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली बिजेताले स्मार्टफोन प्राप्त गरेका थिए।

यो अफर चाडपर्वको समयमा बस टिकट खरिद गर्ने प्रक्रियालाई सहज बनाउन साथै डिजिटल भुक्तानी प्रति प्रोत्साहित गर्ने उद्देश्यले संचालन गरिएको थियो भने यो अफर पुनः कार्तिक २६ सम्म थप गरिएको छ।

अफरमा सहभागी हुन भने खल्ती अकाउन्टको केवाईसी भेरिफाईड (KYC verified) हुन जरूरी छ । खल्ती अकाउन्ट केवाईसी भेरिफाईड नभएको खण्डमा पनि प्रयोगकर्ताले सम्पूर्ण विवरण भरि सजिलै भेरिफाई गर्न सक्नेछन्।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै डिजिटल भुक्तानीमार्फत् प्रयोगकर्ताको चाडपर्वमा बस टिकट काट्ने प्रक्रिया सरल र सहज बनाउन अफर ल्याएको बताए ।

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ । खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ ।

सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ। आइसिटीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार