असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोनाको आशंकामा ६ जनालाई टेकु र पाटन अस्पतालको आइसोलेसनमा राखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नोबल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण हुनसक्ने आशंकामा बिहीबार ६ जनालाई आइसोलेसनमा राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ तथा पाटन अस्पतालमा थप २ जना आइसोलेसनमा राखिएको हो।

उनीहरुलाई बिहीबार नै आइसोलियसनमा राखिएको र नमूना परिक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले बताएका छन।

यसअघि कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिँदा करिब साढे ४ सयको ल्याब परिक्षण गर्दा एकजना बाहेक कुनैमा पनि कोरोनाका लक्षण पाइएको छैन। एकजनामा लक्षण देखिएकोमा ती व्यक्ति पनि निको भइसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया