असार २८, २०८२ शनिबार July 12, 2025

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले जनाएको छ । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेश विशाल शिविरमा आश्रय दिइरहेको छ ।

हालैका महिनाहरूमा अव्यवस्थित बस्तीहरूमा हिंसा बढेको छ, गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीहरूको नागरिक नेतृत्वलाई हत्या र अपहरणमार्फत् तर्साउने गरिरहेका छन् ।

प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गर्नुभएको छ ।

“एक दर्जनभन्दा बढी रोहिङ्ग्या उपद्रवीहरूले क्याम्प १३ का प्रमुख ३८ वर्षीय मौलवी मोहम्मद युनुसको हत्या गरेका थिए। उनीहरुले अर्का माझी ३८ वर्षीय मोहम्मद अनवरको पनि हत्या गरेका छन् । युनुसको घटनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको थियो । ‘माझी’ रोहिंग्या शिविरका नेताका लागि एउटा शब्द हो ।

शिविरमा सुरक्षाको जिम्मा पाएको इकाइका एक वरिष्ठ अधिकारीले म्यान्मारमा सेनासँग लडिरहेको विद्रोही समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए) लाई मारिएको आरोप लगाएका छन् ।

“यो एआरएसएद्वारा लक्षित हत्याहरू हुन् । म्यान्मारको आन्तरिक द्वन्द्वले शिविरको सुरक्षा अवस्थालाई प्रभावित गरिरहेको छ,” संवेदनशील सूचनाबारे नाम नबताउने शर्तमा उहाँले भन्नुभयो ।

‘याबा मेथाम्फेटामाइन’ चक्कीमा केन्द्रित लागुऔषधको कारोबार नियन्त्रणका लागि गिरोहले लामो समयदेखि युद्ध लड्दै आएको छ, तर बङ्गलादेशको कक्स बजार जिल्लाका प्रहरी प्रमुखले त्यहाँ तनाव बढेको बताउनुभएको छ ।

“पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिङ्ग्याको हत्या भएको छ। गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको छ,” महफुजुल इस्लामले एएफपीसँग भन्नुभयो ।

रोहिङ्ग्या समुदायका एक नेता र शनिबार मारिएकामध्ये एकका भतिजाले पनि हत्याका लागि एआरएसएलाई दोषी ठहराएका छन् ।

“एआरएसएले हिजो राति मेरो काकाको हत्या गरेको छ । मेरो काकाले उनीहरूलाई लागूपदार्थको कारोबार नगर्न भन्नुहुन्थ्यो । उहाँले शिविरहरूमा स्वेच्छाले गस्तीको निरीक्षण गर्नुहुन्थ्यो । उनीहरूले मेरो काकाको हत्या गरे,” मृतकका भतिजाले आफ्नो सुरक्षाको डरले नाम नबताउने शर्तमा भने ।

गत वर्षको सेप्टेम्बरमा शीर्ष रोहिङ्ंग्या नेता मोहिब उल्लाहको हत्या गरेको आरोपमा यस वर्षको सुरुमा यसका केही सदस्यमाथि अभियोग लगाइएको थियो । एआरएसएले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा स्वागत गरेका उल्लाहको हत्यापछि बङ्गलादेशी अधिकारीहरूले ठूलो कारबाही सुरु गरेका थिए र कम्तीमा आठ हजार संदिग्ध एआरएसए सदस्यहरूलाई गिरफ्तार गरिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार