श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आइफोन १४ को जस्तै फिचर ल्याउने सामसुङको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एप्पलले आइफोन १४ मा ल्याएको फिचर सामसुङले पनि नयाँ फोनमा ल्याउने तयारी गरेको बताइएको छ । आइफोन १४मा ल्याइएको स्याटेलाइट कनेक्टिभिटी फिचर ल्याउनेमा सामसुङले विचार गरिरहेको रिपोर्ट बाहिर आएको छ।

अहिलेसम्म एप्पल र हुवावेले मात्रै स्याटेलाइट कनेक्टिभिटी फिचर भएका मोबाइल फोन सार्वजनिक गरेका छन्। तर, अब भने यो दाैडमा तेश्रो हुन सामसुङ तयार भएको बताइएको छ।

ट्विटरमा टेक रिपोर्टर रिकिलोले सामसुङ पनि स्याटेलाइट कनेक्टिभिटी फिचर ल्याउने तयारीमा भएको दाबी गरेका  छन्।

सामसुङ जस्तो अग्रणी कम्पनीको लागि यो धेरै गाह्रो नभएको बताइएको छ। चीनको कम्पनी हुवावेले मेट ५० र मेट ५० प्रोमा यो फिचर एप्पल भन्दा अगाडी नै ल्याइसकेको थियो। तर, ती २ मोडल भने चीनमा मात्रै उपलब्ध छन्।

अब २०२३ मा सार्वजनिक हुने सामसुङका उच्च तहका ग्यालेक्सी फोनमा स्याटेलाइट कनेक्टिभिटी फिचर देख्न सकिने ठूलो संभावना रहेको छ। तर, सामसुङ एस२३ मा नै यो फिचर उपलब्ध हुनेमा भने शंका देखिएको छ। यद्यपी, २०२३ मै लन्च हुने क्यु १ मा भने यो फिचर देख्न सकिनेछ।

एप्पलले यो सुविधाले प्रयोगकर्ताको स्मार्टफोन स्याटेलाइटहरूसँग जोडिएर मोबाइल नेटवर्क नभएको क्षेत्रमा पनि आपतकालीन कल गर्न सक्ने देखाइसकेको छ।

एप्पलले ग्लोबलस्टार स्याटेलाइट कम्पनीसँग मिलेर आइफोन १४मा स्याटेलाइट कनेक्टिभिटी फिचर ल्याएको हो। तर, सामसुङले कुन स्याटेलाइट कम्पनीसँग मिलेर यो फिचर ल्याउने भन्ने विवरण सार्वजनिक भइसकेको छैन। त्यस्तै, सामसुङले अबका स्मार्टफोनहरू बटमलेस बनाउने  चर्चा पनि चलिरहेको छ।- टेककागज

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार