असार ३०, २०८२ सोमबार July 14, 2025

घोषणापत्र तयार गर्दै दलहरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणपत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ । दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणपत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् ।

कांग्रेस कञ्चनपुरका नेता ईश्वरी जोशीले घोषणापत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कार्यान्वयन गर्न सक्ने योजनालाई घोषणापत्रमा समावेश गरिन लागेको बताए । ‘शिक्षा, स्वास्थ्य, रोजगारका विषय समेट्नका लागि विज्ञहरूसँग छलफल गरेर घोषणपत्र तयार हुँदैछ’, उनले भने, ‘हाम्रो प्रुमख ऐजेण्डा कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्ने छ ।’

त्यसैगरी एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले चुनावी घोषणापत्र बनाउने गृहकार्य भइरहेको बताए । उनले घोषणापत्र तयार गर्न पार्टीका विभिन्न भ्रातृ सङ्गठनसँग सुझाव सङ्कलन गरिरहेको बताए । ‘हामीले पार्टीसँग आबद्ध सङ्गठन र विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिसँग सुझाव सङ्कलन गरिराखेका छौँ’,उनले भने, ‘अहिले घोषणापत्रको मस्यौदा तयार भइरहेको छ, केही दिनमै जनतालाई छुने गरी घोषणापत्र ल्याउँछौँ ।’ उनले नेता, कार्यकर्ता निर्वाचन क्षेत्रमा परिचालन भएको पनि बताए ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी घोषणापत्र तयारीमा व्यस्त छ । राप्रपाका नेता करन पालले पनि पार्टीले घोषणापत्र तयार गरिरहेको बताए । ‘घोषणापत्र निर्माणका लागि सुझाव सङ्कलन गरेर तयार पार्ने काम भइराखेको छ’, उनले भने, ‘घोषणापत्रसँगै नेता, कार्यकर्ता चुनावी प्रचारमा खटिएका छन् ।’

चुनाव नजिकिँदै गर्दा दलका शीर्षनेता र कार्यकर्ता निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । दलहरूले वडा–वडामा सम्पर्क कार्यालय खोल्ने कार्य तीव्र पारेका छन् भने निर्वाचन परिचालन समिति बनाएरै कार्यकर्तालाई प्रचारमा परिचालन गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार