श्रावण १, २०८२ बिहिबार July 17, 2025

राष्ट्रिय खेलकुद-६ सय पदकको छिनोफानो, विभागीय टिम हाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ६ सय १९ पदकको छिनोफानो भएको छ । आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदक सहित कुल १ सय ६० पदक पाएको छ ।

विभागीय टिम नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ । पुलिसले ३० स्वर्ण, २४ रजत र ३७ कांस्यपदकसहित ९१ पदक जितेको हो । सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो भएको छ । २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदक सहित कुल १ सय २ पदक हात पारेको छ ।

यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कांस्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कांस्य पदक सहित ५३ पदक पायो । सुदूर पश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत, १६ कांस्य सहित २६ पदक पाउँदा एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कांस्य सहित १६ पदक, मधेस प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ कांस्य पदकसहित २४ पदक, प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३० कांस्य सहित ४७ पदक जितेका छन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ कांस्य सहित ३१ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ३ कांस्य पदक सहित ५ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता अन्तरगतका खेलहरू जारी रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार