असार ३०, २०८२ सोमबार July 14, 2025

माओवादी केन्द्रले सत्ता गठबन्धन बिरुद्ध बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ ।

माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो । आज पुनः अर्को विज्ञप्तिमार्फत थप समय दिई उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो । सो समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत स्पष्ट पारेको छ ।

यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो । माओवादीले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार