असार ३०, २०८२ सोमबार July 14, 2025

विकास योजनामा राजनीति नगर्न एमाले नेता बिष्णु पौडेलको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकास योजनामा राजनीति नगर्न आग्रह गरेका छन् । आफू अर्थमन्त्री हुँदा सुरु भएका ठूल्ठुला आयोजनामा पछिल्लो सरकारले बजेट विनियोजन नगर्दा समस्या भएको बताउँदै उनले विकासका योजना जो सुकैले सुरु गरे पनि त्यसलाई निरन्तरता दिनुपर्ने जनाए । ‘जनता सबैका साझा हुन् । विकास सबैका लागि चाहिन्छ,’ पूर्वअर्थमन्त्रीले भने, ‘त्यसैले विकास निर्माणका काममा राजनीतिक तिक्तता राख्न हुँदैन ।’

बुटवल उपमहानगरपालिका ११ देवीनगरमा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले विकास सबैका लागि भन्ने धारणाले रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मोतीपुर औद्योगिक क्षेत्र, बुटवल बेलहिया व्यापारिक मार्ग, बुटवल र लुम्बिनीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशेष आर्थिक क्षेत्र सेज, बेलवास बेथरी पर्यटनमार्ग, कोरिया प्राविधिक शिक्षालयलगायत आफूले नमुना विकास योजना ल्याएको बताए ।

सिद्धबाबामा सुरुङमार्ग, तिनाउ दानव करिडोरलगायत ठूला योजना कार्यान्वयनमा लगेको उनले जनाए । ‘म सधैं यहाँको विकासमा लागेको छु । सुरु विकासका योजना सक्न र यस क्षेत्रको दिगो विकास गर्न पुन: चुनावी मैदानमा छु,’ रुपन्देही-२ का उम्मेदवार पौडेलले भने । उनले रुपन्देहीको विकास, परिवर्तन र युवाको भविष्य निर्माणमा लागिपरेको बताउँदै एमालेबाट मात्रै यो सम्भव भएको दाबी गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार