असार २८, २०८२ शनिबार July 12, 2025

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे भारी मतले बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे ७ हजार ८ सय ९८ मत ल्याएर कांग्रेस अध्यक्षमा निर्वाचित भएका हुन् । थरुरले भने १ हजार ७२ मत ल्याएका थिए । कांग्रेसका ९ हजार ७ सयमध्ये ९ हजार ५ सय प्रतिनिधिले चुनावमा मतदान गरेका थिए।

सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले खड्गेको उम्मेदवारीलाई समर्थन गरेकाले उनले चुनाव सहज रुपमा जित्ने अनुमान पहिलेदेखि नै गरिएको थियो ।

१ सय ३७ वर्षअघि स्थापना गरिएको कांग्रेस पार्टीको प्रमुख छान्नका लागि छैटौं पटक चुनाव भएको हो । कांग्रेस पार्टीमा अध्यक्षमा गान्धी परिवार बाहिरका सदस्य २४ वर्षपछि निर्वाचित भएका हुन् ।

सन् १९९८ मा सीताराम केसरीलाई अपमानपूर्ण रुपमा पार्टी सभापतिबाट अपदस्थ गरिएको थियो । त्यसपछि १९ वर्षसम्म सोनिया गान्धी कांग्रेस नेता बनेकी थिइन् । २०१७ मा राहुल गान्धी सर्वसम्मत अध्यक्ष बने पनि २ वर्षपछि नै राजीनामा दिए । २०१९ मा भएको चुनावमा पराजित भएपछि उनले राजीनामा दिएका थिए ।

दलित समुदायका खड्गे कर्नाटक राज्यका बासिन्दा हुन् । ८० वर्षका खड्गे १९४२ मा बिदार जिल्लामा जन्मिएका थिए । उनको हुर्काइ भने छिमेकी जिल्ला गुलवार्गमा भयो । कानुनको अध्ययन गरेका उनी मजदुर संगठनको प्रतिनिधिको रुपमा राजनीतिमा प्रवेश गरेका थिए ।

यद्यपि विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा चासो राख्ने गरेको बताइन्छ । खड्गे १९६९ मा कांग्रेस पार्टीमा संलग्न भएका थिए ।

पार्टीका राज्य प्रमुख देवराज उर्सले उनलाई माथिल्लो जातको प्रभुत्व रहेको गुर्मत्कालबाट चुनाव लड्ने जोड दिएका थिए । सो निर्वाचन क्षेत्रबाट उनी लगातार नौ पटक सांसद निर्वाचित भएका छन् । उनले पार्टीलाई पुनर्संरचना गर्ने बताएका छन् । केन्द्रमा कम्तीमा आधा नेताहरू ५० वर्षभन्दा कम उमेरका हुने पनि बताएका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार