काठमाण्डौंः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल हुनुभएको छ ।
यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।
प्रतियोगिताअन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जित्दै उहाँले नौ अङ्क प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जित्नुभएको निर्णायक दीपेश गिरीले जानकारी दिनुभयो ।
त्यस्तै महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अङ्कका साथ दोस्रो स्वर्ण जित्न सफल हुनुभएको हो ।
त्यसैगरी आज सम्पन्न र्यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अङ्कका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल हुनुभएको आयोजकले जनाएको छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया