श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कम्प्युटरमा यसरी खेल्नुहोस् पब्जी, फ्रिफायर जस्ता मोबाइल गेम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः के तपाई पब्जी, फ्रिफायर, टेम्पल रन र क्यान्डी क्रसजस्ता गेम आफ्नो कम्प्युटरमा खेल्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने आज हामी कसरी यी र अझै धेरै मोबाइल गेमहरु आफ्नो कम्प्युटरमा खेल्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छाैं ।

मोबाइल गेम कम्प्युटरमा खेल्नका लागि सबैभन्दा सहज तरिका भनेको इमुलेटर प्रयोग गर्नु हो । कम्प्युटरमा इमुलेटर इन्स्टल गरिसकेपछि यसले एन्ड्रोइड एपका लागि एन्ड्रोइड अपरेटिङ सिस्टमको जस्तो काम गर्छ, जसले गर्दा सजिलै साना गेमका साथै ठूला ठूला ब्याटल रोयल मोबाइल गेमहरु पनि डेस्कटप वा ल्यापटपमा खेल्न सकिन्छ ।

यसका साथै इमुलेटरमा गेमका लागि चाहिने सबै कन्ट्रोलहरु उपलब्ध गराइएको हुन्छ, जुन आफ्नो हिसाबले कस्टमाइज पनि गर्न सकिन्छ । यसबाहेक किबोर्ड र माउसबाट नै सबै कुरा कन्ट्रोल गर्न सकिने हुँदा ब्याटल रोयल गेमहरु कम्प्युटरमा खेल्दा ‘गेम प्ले’ पनि मोबाइलमा खेल्ने खेलाडीको तुलनामा राम्रो हुन्छ ।

अहिले अनलाइनमा धेरै इमुलेटरहरु उपलब्ध छन्, जसले गर्दा कुन आफ्नो कम्प्युटरमा इन्स्टल गर्ने भनेर तपाईँ द्विविधामा पर्न सक्नहुनेछ । यस्तो अवस्थामा यदि तपाईसँग पावरफुल कम्प्युटर छ र ठूला गेमहरु खेल्न चाहनुहुन्छ भने म ब्लुस्ट्याकइमुलेटर डाउनलोड गर्न सक्नुहुन्छ ।

तर तपाईँसँग अलि कम विशेषता भएको कम्प्युटर छ र तपाईँ समान्य एप चलाउन चाहनुहुन्छ भने तपाईँ नक्स इमुलेटर वा एलडी प्लेयर इन्स्टल गर्न सक्नुहुन्छ ।

इन्स्टल गरिसकेपछि तपाईँले प्ले स्टोरमा साइन इन गरेर आफूले चाहेको एप वा गेम इन्स्टल गरेर ठूलो स्क्रिनमा त्यसको मजा लिन सक्नुहुनेछ । गेमका लागि भने इमुलेटर अनुसारको कन्ट्रोल सेटिङहरु मिलाउनुपर्ने हुनसक्छ । इमुलेटर, गेम सेटिङ र कन्ट्रोल आफ्नो हिसाबले मिलाइसकेपछि गेमको मजा लिन सक्नुहुनेछ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार