असार २८, २०८२ शनिबार July 12, 2025

इमरान खानलाई पाँच वर्ष चुनाव लड्न अयोग्य ठहरपछि निर्वाचन आयोग बाहिर तनाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगले पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेपछि इस्लामावादमा तनाव उत्पन्न भएको छ ।

त्यहाँको निर्वाचन आयोगले इमरान प्रधानमन्त्री भएका बेला सरकारी अधिकारीलाई विदेशबाट प्राप्त उपहारमध्ये धेरै बेचेको र हिनामिना गरेको आरोप लगाउँदै उनलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेको हो ।

विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा आयोगले शुक्रबार फैसला सुनाएको हो। प्रमुख निर्वाचन आयुक्तसहित पाँचजनाको इजलासले उक्त मुद्दामा खानलाई दोषी ठहर गर्दै पाँच वर्षसम्मका लागि अयोग्य ठहर गरेको हो।

आयोगको यो निर्णयलगत्तै इस्लामावादमा प्रदर्शन सुरु भएको छ । आयोग बाहिर गोलीसमेत चलेको छ । इमरान समर्थकहरूले आयोगको यो निर्णय खारेज गर्दै प्रदर्शन गरेका हुन् । खानको तेहरिक ए इन्साफ (पिटिआई) पार्टीले आयोगको फैसलाविरूद्ध इस्लामावाद उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार