श्रावण ६, २०८२ मंगलबार July 22, 2025

यी मोडेलमा ह्वाट्सएप नचल्ने, कतै तपाईँको फोन त परेन ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ह्वाट्सएपले अन्ततः आधिकारिक रूपमा आफ्नो एप सपोर्ट नहुने डिभाइसको सूची सार्वजनिक गरेको छ । यसअन्तर्गत मेटाको स्वामित्वमा रहेको ह्वाट्सएप केही पुरानो मोडेलकाे फाेनमा सपोर्ट हुनेछैन । ह्वाट्सएपले ल्याउन लागेको विशेष अपडेटका कारण पुराना मोडेलका आईफोनमा उक्त एप सपोर्ट नहुने भएकाे हाे ।

ह्वाट्सएप आईफोनका ती डिभाइसमा सपोर्ट हुने छैन, जसमा आईओएस ११ वा त्यसभन्दा पुराना भर्सनको आईओएस चलिरहेका छन् । यसको अर्थ ह्वाट्सएप प्रयोग गर्नका लागि आईफोन फाइभ एस डिभाइस भएका प्रयोगकर्ताले नयाँ डिभाइसमा अपग्रेड हुनुपर्नेछ ।

“ती डिभाइसमा पछिल्ला सुरक्षा अपडेट नहुने भएकाले वा ह्वाट्सएप चलाउनका लागि आवश्यक फङ्सनको अभावले उक्त डिभाइसमा एप सपोर्ट हुने छैन,” ह्वाट्सएपले आफनो ब्लगपोस्टमा उल्लेख गरेको छ ।

उक्त पोस्टमा पछाडि लेखिएको छ, “अन्य प्रविधि कम्पनी जस्तै हामी पनि हरेक वर्ष कुन डिभाइसमा ह्वाट्सएप सपोर्ट गर्दैन भन्ने कुराको अनुगमन गरिरहेका हुन्छौं । जसले गर्दा पुरानो सफ्टवेयर भएका डिभाइसहरूमा एप सपोर्ट गर्दैन । त्यस्ता डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या पनि न्यून हुने भएकाले त्यति ठूलो समस्या आउँदैन ।”

नयाँ अपडेट आएपछि पुरानो आईफोन डिभाइसमा प्रयोगकर्ता ह्वाट्सएप सपोर्ट नहुने अलर्ट जानेछ । जसमा उक्त डिभाइसलाई पछिल्लो आईओएस भर्सनमा अपडेट गर्न भनिएको हुन्छ । यदि उक्त डिभाइसमा पछिल्लो आईओएस भर्सन अपडेट नभएको खण्डमा एप सपोर्ट हुँदैन । आईओएस ११ सन् २०१७ मा सार्वजनिक भएको थियो । जसले ६४-बिटका एप मात्र सपोर्ट गर्थ्यो ।

उक्त समयमा सो अपरेटिङ सिस्टम सार्वजनिक हुँदा ३२-बिट एपहरू सपोर्ट भएका थिएनन् । यदि तपाईँको डिभाइसमा ६४-बिट प्रोसेसर छैन भने तपाईँको डिभाइसमा ह्वाट्सएप सपोर्ट हुने छैन । उदाहरणका लागि यदि तपाईँसँग आईफोन फाइभ वा आईफोन फाइभ सी छ भने ह्वाट्सएप प्रयोग गर्न नयाँ डिभाइसमा नै अपग्रेड हुनुपर्ने हुन्छ ।

साथै तपाईँको आईफोनमा पुरानो आईओएस छ भने तुरुन्त पछिल्लो आईओएस अपडेट गर्नुपर्ने हुन्छ । अन्यथा तपाईँले ह्वाट्सएप प्रयोग गर्दा एप सपोर्ट नहुने अलर्ट जान्छ ।टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार