श्रावण ६, २०८२ मंगलबार July 22, 2025

राइड शेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक, बाईकसँगै मिनी ट्रक र पानी ट्याङ्कर पनि मगाउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नयाँ राइड शेयरिङ प्लेटफर्म जाउँ गुरू सार्वजनिक भएको छ । आईतबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रममा  ‘जाउँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो ।

कम्पनी तीन युवा इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन् । जाउँ गुरूले दैनिक यात्रालाई सहज बनाउने कम्पनीका अध्यक्ष इन्द्रहाङ लिङ्देनले जानकारी दिए ।

अहिले काठमाडौँ उपत्यकामा मात्र सेवा उपलब्ध भएको र आगामी दिनमा मोफसलमा पनि विस्तार गरिने लिङ्देनको भनाइ छ ।

जाउँ गुरु एपमा लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरु रहेका छन् ।

मोटरसाइकल र ट्याक्सी राइडर यस संस्था एपसँग आबद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्नु, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरु जो कोहीले रिफर गरेबापत कमिसन पाउने व्यवस्था, आपत्कालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ ।

नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका अलावा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जिप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने छ ।

यससँगै हाललाई काठमाडौंमा बसोबास गर्नेहरूलाई कोठा सार्नका लागि मिनी ट्रक, बाइकको डेलिभरी, खानेपानीको आपूर्ति र लामो दुरीका लागि जिप भाडामा लिन सकिने कम्पनीले जनाएको छ । आईसिटीसमाचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार