असार २२, २०८२ आइतबार July 6, 2025

कोरोना सङ्क्रमणबाट जोगिन एसईई परीक्षामा विशेष सावधानी अपनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ।
झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्र जुटेको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

ललितपुरको आदर्श शौल युवक माध्यमिक विद्यालयमा झण्डै डेढ वर्षअघि स्टाफ नर्सको स्थायी दरबन्दी नै व्यवस्था गरिएपछि विद्यार्थीको दैनिक उपचारका साथै एसईई परीक्षामा समेत सहज हुने भएको छ।

प्रदेश सरकारको ‘एक विद्यालय एक स्टाफ नर्स’ कार्यक्रम अन्तर्गत विद्यार्थीले स्टाफ नर्सको सुविधा पाएका हुन्।

विद्यालयका प्रधानाध्यापक सरोज आचार्यले विद्यार्थीलाई समस्या भएको अवस्थामा विद्यालय भित्रकै क्लिनिकमा उपचार गर्न सक्ने सुविधा रहेको जानकारी दिएका छन।
एसईईलाई दृष्टिगत गरेर आफूहरूले तयारी सुरु गरेको जानकारी उनले दिएका छन। विद्यार्थीले तीन घण्टा परीक्षा र झण्डै एक घण्टा परिसर वरपरमा बिताउने भएकाले भाइरसबाट सावधान हुनुपर्ने जरुरी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार