असार २८, २०८२ शनिबार July 12, 2025

चिनियाँ र रुसी विदेशमन्त्रीबीच फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनवार्ता भएको छ। उनीहरुका बीचमा बिहीबार फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ।

हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई बधाई सन्देश पठाएका थिए। चिनियाँ राष्ट्रपति चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चयन भएकामा सो बधाई सन्देश पठाएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ नेसनल कंग्रेसबाट चिनियाँ राष्ट्रपति चिनफिङ सो पार्टीको महासचिवमा पुनः चयन भएका हुन्। सो वार्ताका क्रममा विदेशमन्त्री लाभरोभले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चयन भएकामा राष्ट्रपति चिनिफिङ तथा सो पार्टीको पोलिटब्युरो सदस्यमा चयन भएकामा विदेशमन्त्री वाङलाई बधाई दिएका थिए।

त्यस क्रममा विदेशमन्त्री वाङले चीन र रुसबीचको सम्बन्धलाई थप बलियो र गाढा बनाउनेतर्फ आगामी दिनमा चीन लाग्ने बताएका थिए। फोनवार्ताका क्रममा उनीहरुका बीचमा दुई देशबीचको आपसी हित र सम्बन्धको साझेदारीका विभिन्न विषयमा पनि कुराकानी भएको बताइएको छ। रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
२०८२ असार २८, शनिबार
चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
२०८२ असार २८, शनिबार
गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्
२०८२ असार २८, शनिबार
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
२०८२ असार २८, शनिबार