असार २८, २०८२ शनिबार July 12, 2025

नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा बेलायत संलग्न भएको रुसको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी सेनाले नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको विस्फोटमा बेलायत ‘संलग्न’ भएको आरोप लगाएको छ, । ब्रिटिश सैन्य विशेषज्ञहरूले युक्रेनलाई मस्कोको ब्ल्याक सी फ्लीटमा ड्रोन आक्रमणको योजना बनाउन मद्दत गरेको पनि रुसी सेनाले आरोप लगाएको छ ।

रुसले कुनै प्रमाण दिएको छैन । तर, क्रेमलिनले बेलायतलाई मस्कोको सबैभन्दा शत्रुपूर्ण देशहरू मध्ये एक मान्छ । रुसी सेनाले युक्रेनमा हमला गरेपछि अमेरिकासँगै बेलायतले पनि किभलाई सहयोग प्रदान गर्दै आएको छ ।

‘ब्रिटिश नौसेनाको यस इकाईका प्रतिनिधिहरूले सेप्टेम्बर २६ मा बाल्टिक सागरमा आतंकवादी हमलाको योजना, प्रावधान र कार्यान्वयनमा भाग लिएका थिए, जसका कारण नर्ड स्ट्रिम १ र नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन विस्फोट भएको थियो’ रुसी रक्षा मन्त्रालयले भनेको छ ।

यसैबीच, बेलायतले रुसी दावीहरूलाई खारेज गरेको छ । बेलायतको रक्षा मन्त्रालयले भनेको छ की क्रेमलिनका बनावटी कथनले पश्चिमको बारेमाभन्दा रूसी सरकारभित्र चलिरहेको बहसको बारेमा बढी बताइरहेको छ । रुसले विष्फोटको अन्तर्राष्ट्रिय अनुसन्धानमा भाग लिन पश्चिमा राष्ट्रहरूले अनुमति नदिएको बताएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया