श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ठूलो साइजको फाइल पठाउन के गर्ने ? यस्ता छन् तरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर इमेल वा अरु कुनै माध्ययमबाट पठाउदा सिमित साइज मात्र पठाउ मिलेर समस्यामा हुनुहुन्छ ।

यदि तपाईँले ठूलो साइजको फाइललाई कसरी पठाउने भनेर सोचि रहनु भएको छ ? ठूलो साइजको फाइल कसरी पढाउने भनेर हामी तपाईलाई जानकारी दिदैछौं । यो प्रक्रिया सामान्य र सरल छ ।

यस्ता छन् ठूलो साइजको फाइलहरु पठाउने तरिका

फायरफक्स सेन्ड- तपाईँले फायरफक्स सेन्डको माध्यमबाट फाइल अपलोड गरेर सजिलै अरुलाई पठाउन सक्नुहुन्छ । जसको लागि send.firefox.com मा जानुहोस । तपाईले फायरफक्स सेन्डको मोबाइल एप पनि डाउनलोड गर्न सक्नुहुनेछ ।

send.firefox.com मा गएपछि १ जीबी सम्मको फाइल अपलोड गरेर त्यस फाइलको लिंक अरुलाई पठाउन सक्नुहुन्छ । भने १ जीबी भन्दा ठूलो साइजको फाइल अपलोड गर्न तपाईले साइनअप गर्नुपर्ने हुन्छ । साइनअप गरेपछि तपाईँले २.५ जीबी सम्मको फाइल अपलोड गर्न सक्नुहुनेछ ।

यसमा सुरक्षाको लागि इन्ड टु इन्ड इन्क्रिप्सन सुरक्षा प्रणाली प्रयोग गरिएको छ । जसले गर्दा पठाउने मान्छे र पाउने मान्छेले मात्रै फाइलमा पहुँच राख्न सक्छ । यसमा फाइललाई पासवर्ड राखेर सुरक्षित पनि गर्न सकिन्छ ।

त्यहाँ तपाईलाई त्यो फाइल कतिजनाले डाउनलोड गर्ने हो र कति दिन सम्म यो फाइल राख्ने हो भनेर आफैले छनौट गर्न सकिन्छ । त्यसपछि फाइलको लिंक कपी गरेर अरुलाई पठाउन सकिन्छ ।

त्यस्तै तपाईले क्लाउड स्टोरेजमा राखेर पनि फाइल अरुलाई पठाउन सक्नु हुनेछ । जस्तै आइ ड्राइभगूगल ड्राइभमाइक्रोसफ्ट वान ड्राइभ तथा सर्टेन सेफ लगातयका लोकप्रिय क्लाउडमा राख्न सकिन्छ । जस्तै कसैलाई २५ एमबी भन्दा ठूलो साइजको मेल जीमेलबाट पठाउन गूगल ड्राइभको प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी तपाईंले ठुलो प्रकारको फाइल वेबसाइटमा राखेर पनि अरुलाई पठाउन सक्नुहुनेछ । फाइल अपलोड गरेर पठाउन मिल्ने वेबसाइट वी ट्रान्सफरड्रप सेन्डफाइल मेल र माई एयर ब्रिज लगायतका साइटबाट फाइल पठाउन सकिन्छ ।

यी साइटबाट फाइल सिधै इमेल ठेगानामा पठाउन वा लिंक मात्रै पनि कपी गरेर पनि अरुलाई ठुलो साइजको फाइल पठाउन सकिन्छ । -आईसिटीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार